नेपाली मुस्लिम समुदायका असंख्यक सदस्यहरू बीरगंजको सडकमा उत्रिएर बंगलादेश सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले बंगलादेशमा दिपु चन्द्र दासको हत्या गर्नेहरूलाई फाँसी दिनुपर्ने र न्याय सुनिश्चित गर्नुपर्ने माग राखेका थिए ।

उनीहरूले स्पष्ट पारेका छन् कि उनीहरू बंगलादेशका कट्टरपन्थीहरूसँग कुनै सम्बन्ध वा समर्थनमा छैनन् र आफ्नो समुदाय भाईचारामा रहेको बताउँदै आएका छन् ।
प्रदर्शनमा सहभागीहरूले नेपाली मुस्लिम समुदायले शान्तिपूर्ण तरिकाले आफ्नो आवाज उठाएको र कट्टरपन्थी हिंसाविरुद्ध एकजुट रहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया



