बंगलादेशमा हिन्दु युवक हत्या प्रकरणको विरोधमा वीरगञ्जमा महिला–युवतीको प्रदर्शन

बंगलादेशमा एक हिन्दु युवकलाई जिउँदै जलाएर हत्या गरिएको घटनाको विरोधमा वीरगञ्जमा महिला तथा युवतीहरूले प्रदर्शन गरेका छन्। विश्व हिन्दु परिषद नेपाल महिला विभागको अगुवाइमा बुधबार आयोजित प्रदर्शनमा महिला, युवती, किशोरी तथा छात्राहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

ठाकुरराम बहुमुखी क्याम्पसबाट सुरु भएको विरोध जुलुस आदर्शनगर, माईस्थान र घण्टाघर हुँदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो। त्यहाँ पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ।

ज्ञापनपत्रमा बंगलादेशमा ३० वर्षीय दिपुचन्द्र दासको हत्यामा संलग्नलाई कडा कारबाही गर्न, घटनाको स्वतन्त्र र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले कूटनीतिक पहल गर्न तथा बंगलादेशमा रहेका हिन्दु अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्न माग गरिएको छ । साथै नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत घटनाप्रति औपचारिक विरोध जनाउनुपर्ने माग पनि प्रदर्शनकारीले राखेका छन्।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार