वीरगंजस्थित होटल क्लासिक ब्यान्क्वेटमा आइतबार नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीको प्रमुख आतिथ्यमा हिन्दू पत्रकार संघ नेपालको औपचारिक घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वरिष्ठ पत्रकारहरू दिपेन्द्र चौहान, श्याम बन्जारा, अजय साह, ओमप्रकाश खनाल, विजय चौहान, एस.के. चौरसिया, आरोहण साह, रितेश झा, अशोक श्रीवास्तव, अजित भुजेल, श्रीराम रायमाझीलगायतको विशेष उपस्थिति रहेको थियो ।

साथै रक्सौलका समाजसेवी तथा लायन्स क्लबका अध्यक्ष बिमल सराफ र वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधवराजपालसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी थिए ।
प्रमुख अतिथि तिवारीले पत्रकारिता समाजको ऐना भएको उल्लेख गर्दै सत्य, निष्पक्षता र जिम्मेवार पत्रकारिताको प्रवर्द्धनमा नयाँ संगठनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।उहाँले पत्रकारहरूको हकहित संरक्षण, पेशागत मर्यादा र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर अघि बढ्न सुझाव दिनुभयो ।
कार्यक्रम आयोजक हिन्दू पत्रकार संघ नेपाल, मधेश प्रदेश (वीरगंज–पर्सा) ले संगठनलाई पत्रकारहरूको साझा मञ्चका रूपमा विकास गर्दै सामाजिक सद्भाव, सांस्कृतिक पहिचान र राष्ट्रिय हितका विषयमा कलम चलाउने प्रतिबद्धता जनाएको छ ।
यसै अवसरमा संघको कार्यसमिति घोषणा गरिएको छ। घोषित कार्यसमितिमा अध्यक्ष राजन रौनियार, उपाध्यक्ष विनोद पटेल, महिला उपाध्यक्ष विमला गुप्ता, सचिव राजकुमार सर्राफ र कोषाध्यक्ष आनन्द पटेल चयन भएका छन् ।
सदस्यहरूमा अभिलाष गुप्ता, अर्जुन चौधरी, अनिल ओझा, सन्तोष कुशवाहा, संजय कुशवाहा, रवि वर्णवाल, राकेश साह, राजु बैठा, रश्मि राजभण्डारी, अजय चौरसिया र त्रिलोको पटेल रहेका छन् । कार्यक्रमको सफलताप्रति सहभागीहरूले शुभकामना व्यक्त गर्दै संगठनले पत्रकारितामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा व्यक्त गरेका छन् ।



