मैवाखोला गाउँपालिका–३ लेकुवामा बारुद भरिरहेका बेला भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु भएको छ । घटनामा २६ वर्षीय फुर्वा शेर्पाको गोली लागेर आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार शेर्पाको घाँटीमा गोली लागेको थियो। उनको शव स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित फेला परेको हो ।

घटनाबारे वडाध्यक्ष खगेन्द्र थक्लुङले जानकारी गराएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया



