वीरगञ्जसहित मधेसमा चिसो र हुस्सु बढ्यो, जनजीवन प्रभावित

वीरगञ्जसहित मधेसमा चिसो र हुस्सु बढ्यो, जनजीवन प्रभावित

वीरगञ्जसहित मधेस प्रदेशका विभिन्न जिल्लामा लगातार चिसो बढ्दै गएको छ। आज बिहानदेखि वीरगञ्जमा शीतलहरसँगै चिसो हावा चलेको छ भने बाक्लो हुस्सु लाग्दा जनजीवन प्रभावित भएको छ।

पर्सा, बारा, रौतहटलगायत मधेसका जिल्लामा हिजोदेखि नै चिसो हावासँगै हुस्सु लाग्न थालेको हो। हुस्सुका कारण सडकमा दृश्यता कम हुँदा सवारी आवतजावतमा कठिनाइ भइरहेको छ। बिहानै यात्रा गर्ने सर्वसाधारण तथा सवारी चालकहरू समस्यामा परेका छन्।

विशेषगरी राजमार्ग र सहरी सडकहरूमा सवारी साधनहरू बत्ती बालेर सावधानीपूर्वक सञ्चालन भइरहेको देखिएको छ। चिसो बढेसँगै बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरूलाई विशेष सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्।

मौसम पूर्वानुमान अनुसार आगामी केही दिनसम्म चिसो यथावत् रहने सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार