सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नक्कली नेपाली नोटसहित एक व्यक्ति पक्राउ परेका छन्। भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेका कौडेना गाउँपालिका–५ छपकैया निवासी ३० वर्षीय फिरोज खानलाई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको टोलीले ‘अनटेष्ट’ लेखिएको मोटरसाइकलमा आएका खानलाई शंका लागेर रोकजाँच गर्दा उनको साथबाट १ हजार दरका ९५ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक परीक्षणमै नोट नक्कली भएको पुष्टि भएको र खानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। नक्कली नोट नेपाल भित्र्याउने स्रोत, समूह तथा सम्भावित जालोबारे विस्तृत छानबिन जारी रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया



