मधेस प्रदेशका नयाँ मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण

मधेस प्रदेशका नेपाली काँग्रेस सभापति कृष्णप्रसाद यादव आइतबार प्रदेशका छैटौँ मुख्यमन्त्री बनेर शपथग्रहण गरेका छन्। जनकपुरधाममा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले उनलाई पद तथा गोपनीयताको शपथ खुवाए।

यादवलाई काँग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी गरी ७ दलका ७७ सांसदको समर्थन रहेको छ। १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ सिट आवश्यक पर्छ।

शपथपछि यादवले मंसिर २४ गते विश्वासको मत लिने जानकारी दिए।

सोही अवसरमा सरकारको पहिलो मन्त्रिपरिषद् विस्तार पनि गरिएको छ। काँग्रेसका जंगीलाल राय यादव र एकीकृत समाजवादीका कनिश पटेल बिना विभागीय मन्त्री बनेका छन् भने जनमत पार्टीका महेश प्रसाद यादवले अर्थमन्त्रीका रूपमा शपथ लिएका छन्।

एमालेका पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्च अदालतको निर्देशनपछि विश्वासको मत नपुगेर राजीनामा दिएसँगै सत्ता परिवर्तन भएको हो।

नयाँ सरकार गठनसँगै मधेस प्रदेशमा राजनीतिक स्थिरताको अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार