दाङको लमही बजार आज दिउँसो गोलीकाण्डले तनाबपूर्ण बन्यो। लमहीस्थित जुनतारा सुनचाँदी पसलमा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा पसल सञ्चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटना लुटपाटको प्रयाससँग सम्बन्धित हुन सक्ने प्रारम्भिक अनुमान छ। गोली प्रहार गर्ने व्यक्ति घटनास्थलबाट फरार भएको र उनको खोजी तीव्र पारिएको दाङ प्रहरीले जानकारी दिएको छ।

घाइते सञ्चालकलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थान लगिएको छ। प्रहरीले घटनास्थलमा पहुँच गरी आवश्यक अनुसन्धान अघि बढाएको छ।
तपाईको प्रतिक्रिया



