नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको लिग चरणको २६ औँ खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेको छ। यससँगै रोयल्सको ६ खेलको अपराजित रन ब्रेक भएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनायो। आरिफ शेखले ३२ बलमा ४५ रन अविजित बनाउँदै टीमलाई बलियो स्कोरमा पुर्या ए। इशान पाण्डेले ३५ बलमा ३८ रन, कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा १९ रन बनाए।

विराटनगरले १४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्योब। ओपनर फाफ डु पेल्सिसले ५० रन बनाउने क्रममा ५ चौका र ४ छक्का प्रहार गरे भने साम हेज्जलेटले ५१ रनमा ३ चौका र ४ छक्का प्रहार गरे। पावरप्लेमा दुबैले ८७ रनको साझेदारी गरे। मार्टिन गप्टिलले ९ बलमा २२ रन थपे।
सुदूरपश्चिमका लागि अभिनाश बोहोराले २ विकेट लिए भने हर्मित सिंहले १ विकेट लिए। विराटनगरका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए, प्रतिश जिसीले २ र वसिर अहमदले १ विकेट लिए।
यो जितसँगै विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग भिड्ने निश्चित भएको छ भने अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ।



