वीरगञ्जको बिपिएस पल्स–२ कलेजमा कक्षा–११ का विद्यार्थीलाई भव्य स्वागत कार्यक्रम

रानीघाटस्थित बिपिएस पल्स–२ कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको सम्मानमा शुक्रबार होटेल भिस्वामा आयोजना गरेको वेलकम कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ ।

कक्षा १२ का विद्यार्थीहरूले आयोजनामा अगुवाइ गरेको उक्त कार्यक्रममा नृत्य, गायन, नाटकलगायत विविध सांस्कृतिक प्रस्तुतिमार्फत नयाँ विद्यार्थीहरूको स्वागत गरियो । कलेजका अनुसार विद्यार्थीहरूको उत्साह, प्रतिभा र सामूहिक सहभागिताले कार्यक्रम झनै आकर्षक बनेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले नयाँ विद्यार्थीहरूलाई शुभकामना दिँदै शिक्षाको भूमिकाबारे महत्वपूर्ण सन्देश दिए ।

दाहालले युवाहरूले जिम्मेवारीका साथ समाज र राष्ट्र निर्माणमा योगदान दिनुपर्नेमा जोड दिँदै कलेज प्रशासनलाई यस्ता प्रेरणादायी कार्यक्रम निरन्तर सञ्चालन गर्न आग्रह गरे । कार्यक्रममा कलेजका प्राध्यापक, कर्मचारी, अभिभावक र विद्यार्थीहरूको सक्रिय उपस्थिति रहेको कलेजले जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार