रौतहटको ईशनाथ नगरपालिका–४ लतमरी सीमाक्षेत्रबाट नक्कली नेपाली नोटसहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
मंगलबार साँझ बजे सशस्त्र प्रहरी बल नेपाल, बीओपी औरैयाबाट खटिएको टोलीले एक भारतीय नागरिकसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेको वीआर–०५ एटी–०९८३ नम्बरको मोटरसाइकल जाँच गर्दा भारत पूर्वी चम्पारणका २३ वर्षीय जय प्रकाश कुमार, रौतहट देवाही गोनाही–४ का २१ वर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल पक्राउ परेका हुन्।
उनीहरूको साथबाट १००० दरका ११८ थान नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
तपाईको प्रतिक्रिया



