कटहरियाका सात कर्मचारी र एक संस्थाविरुद्ध मुद्दा दायर

रौतहटको कटहरिया नगरपालिकामा बजेट स्वीकृत नभएको अवस्थामा रकम भुक्तानी गरी सरकारी कोषमा क्षति पुर्याहएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात कर्मचारी र एक गैरसरकारी संस्थाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मुद्दामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, सहायक लेखापाल विवेक कुमार सहनी, कर्मचारी राम नरेश प्रसाद यादव, कम्प्युटर अपरेटर उमेश कुमार दास, खरिदार कौशल किशोर चौधरी लगायत परेका छन्। त्यसैगरी, काठमाडौंस्थित सरिता फाउण्डेसन र संस्थाकी निर्देशक सरिता कुमारी साह पनि प्रतिवादीको सूचीमा रहेका छन्।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा नगरसभाले बजेट अनुमोदन नगरेको अवस्थामा सरिता फाउण्डेसनलाई ५ लाख रुपैयाँको चेक काटेर भुक्तानी गरिएको थियो। अनुसन्धानले यस अनियमित व्यवहारबाट कुल ९ लाख ९८ हजार ९२१ रुपैयाँ नगरपालिकाको कोषमा क्षति पुगेको प्रमाणित गरेको छ।

अख्तियारले मुद्दामा संलग्न सबै प्रतिवादीबाट प्रति व्यक्ति बराबरको ९ लाख ९८ हजार ९२१ रुपैयाँ विगो असुल गर्न माग गर्दै आरोपपत्र दायर गरेको छ। अदालतबाट यस प्रकरणको आगामी प्रक्रिया तय हुनेछ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार