पर्सा/ पर्साको पटेर्वा सुगौली गाउँपालिका–२, रंङगपुर टाँडी टोलमा प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार मिति २०८२/०८/१५ गते अन्दाजी १६:०० बजे ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा सादा पोसाकमा खटिएको प्रहरी गस्ती टोलीले मनवाबाट रंङगपुरतर्फ आउँदै गरेको BA B 2398 नम्बरको मारुती सुजुकी गाडीलाई शंका लागेर चेकजाँचका क्रममा गाडीभित्र प्लास्टिकका १० ओटा बोरामा १०४ किलो ३२५ ग्राम लागुऔषध गाँजा फेला परेपछि गाडी सहित दुई जनालाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिए।

नियन्त्रण परेकामध्ये भिम स्याङ्तान (३२ वर्ष) – जिल्ला मकवानपुर, भीमफेदी गाउँपालिका–८, धर्के महाबिर टोलका चालक
कुमार स्याङ्तान (३८ वर्ष) – मकवानपुरगढी गाउँपालिका–१, आपटार टोलका सवार व्यक्ति रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता तथा सूचना अधिकारी राजु कार्कीका अनुसार दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।



