सप्तरीमा नाबालिकासँग बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाउने युवक पक्राउ

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ का २२ वर्षीय परमेश्वर कुमार मुखियाले नाबालिकासँग बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएको आरोपमा उजुरी परेको छ।

पीडित नाबालिकाका अनुसार मुखियाले आफूलाई प्रेम गर्दै आएको भन्दै मंसिर ६ गते बिहे गर्ने वाचा गरेर झापाको बिर्तामोड बोलाएका थिए। दुई दिनसम्म त्यहीँ राखेर शारीरिक सम्बन्ध स्थापना गरेपछि उनलाई भारदहमा छोडिदिएको छ।

घटना बाहिर आउँदा नाबालिकाका अभिभावकले परमेश्वरका अभिभावकसँग कुरा गर्दा अस्वीकार गरिएको थियो। पीडितका अनुसार युवकले मोबाइल स्विच अफ राखेको र बिहे गर्न अस्वीकार गरेपछि परिवारले प्रहरीमा उजुरी दिएका हुन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीले उजुरी प्राप्त भएको र आवश्यक कानुनी कारबाहीका लागि घटनालाई इलाका प्रहरी कार्यालय हनुमाननगरमा पठाइएको जनाएको छ। प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले थप अनुसन्धान जारी रहेको जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार