ड्रागन्स अफ साहिब दरबारले वीरगन्ज सुपर लिग (बीएसएल) क्रिकेट प्रतियोगितामा फाइनल यात्रा तय गरेको छ।
बुधबार नारायणी क्रिकेट मैदानमा साउथ जोन स्टार्सलाई ५ विकेटले पराजित गर्दै लिग चरणका ४ मध्ये ३ खेल जितेको साहिब दरबारले फाइनलको टिकट सुरक्षित बनाएको हो।

साउथ जोन स्टार्सले दिएको १०६ रनको लक्ष्य साहिब दरबारले ९.३ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो। अभय सिंहले सर्वाधिक ४६ रन बनाए भने इरफान मियाँले २९ रन योगदान गरे। बलिङतर्फ साउथ जोनका आदित्य ठाकुरले २ र महमद अफसर हसनले १ विकेट लिए।
साउथ जोन स्टार्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०५ रन मात्रै बनाएको थियो। साहिब दरबारका कमल गुप्ताले २ र भुलावन सहनीले १ विकेट लिए।
बिहीबार बिहान ११ बजेदेखि हुने फाइनल खेलमा साहिब दरबारले मधेस इलिट्ससँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगितामा पाँच फ्रेन्चाइजी टिम—साउथ जोन स्टार्स, ड्रागन्स अफ साहिब दरबार, मधेस इलिट्स, रोयल वीरगन्ज ११ र अपन कालिकामाई—ले भाग लिएका छन्।



