नेकपा एमालेले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दै राजधानीका सडकमा व्यापक उपस्थितिको प्रदर्शन गरेको छ । भदौ २३ र २४ गते भएका आन्दोलनपछि पार्टीले वडा, पालिका र सदरमुकाम हुँदै राजधानीमा पहिलोपटक ठूलो भीड उतारेको हो।
सभापूर्व र्या ली प्रदर्शनी मार्गबाट सुरु भएर रत्नपार्क परिक्रमा गर्दै भृकुटी मण्डपमा पुगेको थियो, जहाँ आमसभाको आयोजना गरिएको छ। र्यारलीमा अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका शीर्ष नेताहरूको सहभागिता थियो।

भृकुटी मण्डपमा आयोजित आमसभामा पार्टी अध्यक्ष ओलीलगायत शीर्ष नेताहरूले वर्तमान राजनीतिक परिस्थिति, सरकारप्रति असन्तुष्टि र प्रतिनिधिसभा विघटनविरुद्धका गतिविधिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध सडक र अदालत दुबैतर्फ उपस्थिति जनाउँदै आएको एमालेले आजको प्रदर्शनलाई शक्ति प्रदर्शनको महत्वपूर्ण चरणका रूपमा लिएको छ ।



