वीरगञ्ज — नेपाल राष्ट्र बैंक, वीरगञ्ज कार्यालयले हिजो पत्रकार सम्मेलन गरी पछिल्लो समय बढ्दै गएको ठगी, अवैध वित्तीय कारोबार र गुमनाम नम्बरबाट हुने प्रलोभनजनक कल–सन्देशबारे सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
बैङ्कका अधिकारीहरूले KYC नवीकरण नगरेको, इनाम जित्यो, ऋण उपलब्ध गराइदिन्छु, मोबाइल ह्याक भयो जस्ता बहानामा गरिने फोन–ठगी तीव्र रूपमा बढेको भन्दै बैंकले कुनै पनि व्यक्तिगत विवरण, OTP वा बैंक खातासम्बन्धी गोप्य जानकारी कसैलाई नदिन चेतावनी दिएको हो।

राष्ट्र बैंकले वित्तीय शिक्षा, डिजिटल कारोबारमा सावधानी, शंकास्पद गतिविधि देखिए बैंक तथा प्रहरीसमक्ष तुरुन्त जानकारी गराउन अनुरोध पनि गरेको छ।
तपाईको प्रतिक्रिया



