श्री देवी स्थान ने.रा आधारभूत विद्यालयको व्यवस्थापन समिति बनाउन अर्को बैठक बस्ने

पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ बघमरी मिर्जापुरमा रहेको श्री देवी स्थान नेपाल राष्ट्रिय आधारभूत विद्यालयको व्यवस्थापन समिति बनाउन अब अर्को बैठक बस्ने भएको छ ।

आज बसेको बैठकमा सहमति जुट्न नसकेपछि यहि मंसिर १२ गते पुन बस्ने गरी आजको बैठक टुंगिएको छ । समितिमा १४ जना पदाधिकारीको लागी नाम समेत चयन भईसेको अवस्थामा पनि सहमति जुट्न नसकेको बुझिएको छ ।

विद्यालयका प्रधानाध्यापक बीरबहादुर यादवले सुचना जारी गर्दै अब अर्को बैठक मंसिर १२ गते शुक्रबार बस्ने जाएका छन ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार