सिमरा घटना : निषेधको राजनीति नगर्न कांग्रेस महामन्त्री शर्माको आग्रह

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बारामा नेकपा एमालेका नेतामाथि गरिएको निषेधप्रति प्रतिक्रिया दिँदै ‘निषेधको राजनीति’ नगर्न आग्रह गरेका छन्।

बुधबार सामाजिक सञ्जाल एक्स मार्फत प्रतिक्रिया दिँदै उनले सिमरा एयरपोर्टमा भएको घटना जेन–जेड पुस्ताको वास्तविक भावना नभएको दाबी गरे।

‘सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने जेनजी कसैको समाज भ्रमण अधिकार विरुद्ध उभिन सक्दैनन्,’ शर्माले लेखेका छन्, ‘अतः सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो।’

उनका अनुसार कुनै व्यक्तिको आवागमन रोक्नु गैर–लोकतान्त्रिक अभ्यास हो र यसले राजनीतिक वातावरण थप बिगार्छ।

शर्माले प्रधानमन्त्री सुशीला कार्कीलाई पनि ध्यानाकर्षण गराउँदै ‘भ्रमणको वातावरण नबनेसम्म चुनाव हुन सक्दैन’ भन्दै सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन आग्रह गरेका छन्।

सिमरामा एमाले नेतामाथि विरोध प्रदर्शन र झडप भएपछि स्थिति नियन्त्रणका लागि प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार