मधेश प्रदेश सरकारविरुद्ध सात दलको विरोध ९ दिनदेखि निरन्तर

मधेश प्रदेश सरकारको मुख्यालय अगाडि सात दलले सञ्चालन गरेको विरोध प्रदर्शन लगातार नौ दिनदेखि जारी छ।

सोमबार बिहानदेखि आन्दोलनकारीहरूले मधेश भवनको गेट अगाडि धर्ना जारी राख्दै प्रदेश सरकारका पछिल्ला गतिविधि र सभामुख तथा उपसभामुखका निर्णयविरुद्ध सडकमै कडा दबाब सिर्जना गरिरहेका छन्।

आन्दोलनकारीहरूले असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरिएको, प्रदेशसभा सदस्यहरूमाथि हातपात गरिएको, अविश्वास प्रस्ताव दर्ता भइसकेका अवस्थामा उपसभामुख रामचन्द्र मण्डलले सांसद पदमुक्त गर्ने निर्णय गलत र गैरकानुनी भएको जस्ता आरोपसहित विरोध जारी राखेका छन्।

यस्ता घटनाले प्रदेशको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ। आन्दोलनको नवौँ दिन आज सात दलले फरक शैली अवलम्बन गरेका छन्। दलगत झण्डा हटाएर राष्ट्रिय झण्डा मात्र बोकेर धर्ना कार्यक्रम अघि बढाइएको छ।

आन्दोलनकारीहरूले यसलाई ‘संविधान र लोकतन्त्र रक्षा’ का लागि गरिएको संयुक्त कदमका रूपमा व्याख्या गरेका छन्।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार