वीरगंजमा नेपाली सेनाको ‘बृहत् स्वास्थ्य शिविर सम्पन्न

नेपाली सेनाले वीरगंजमा सञ्चालन गरेको ‘बृहत् स्वास्थ्य शिविर–२०८२’ सफलतापूर्वक सम्पन्न भएको छ।

स्थानीय समुदायलाई लक्षित गरिएको शिविरमा सेनाका विशेषज्ञ चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा स्थानीय डाक्टरहरूको सक्रिय सहभागिता रहेको आयोजकहरूले बताएका छन् ।

शिविरमा सर्वसाधारणले बहुविशेषज्ञ परामर्श, विभिन्न स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण तथा आवश्यक उपचारसम्बन्धी विस्तृत परामर्श सेवा प्राप्त गरे ।

स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले गरिएको यो पहलले स्थानीय स्तरमा स्वास्थ्य सेवा सहज र उपलब्धकारी बनाएको सहभागीहरूको प्रतिक्रिया छ ।

स्थानीय डाक्टरहरूले पनि भविष्यमा समुदायमुखी स्वास्थ्य कार्यक्रमहरूमा सहयोग निरन्तर गर्ने प्रतिबद्धता जनाएका छन् ।

सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाली सेनाले सञ्चालन गर्दै आएका यस्ता स्वास्थ्य कार्यक्रमले समुदायको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पारिरहेको सरोकारवालाहरूको मूल्यांकन छ ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार