पर्सामा तस्करीका ४५० थान मोबाइल बरामद

पर्साको जिराभवानी गाउँपालिका–१, बलुवा गाउँमा धानबारीभित्र लुकाएर राखिएको ४५० थान मोबाइल सशस्त्र प्रहरीले बरामद गरेको छ। भारतबाट सीमापार तस्करी गरी ल्याइएको लाभा कम्पनीका बटमवाला मोबाइल ठूलो परिमाणमा भेटिएको हो।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेवपट्टीबाट सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र खड्काको नेतृत्वमा गएको टोलीले खेतमा कार्टुनमा मोडेर लुकाइएका मोबाइल फेला पारेको हो।

तस्करहरूले सीमा निगरानी छल्दै रातारात मोबाइल भित्र्याएको आशंका गरिएको छ।

सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टका अनुसार बरामद मोबाइलको बजार मूल्य अन्दाजी ९ लाख रुपैयाँ छ। बरामद सामान आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको छ।

सीमाक्षेत्रमा सक्रिय तस्करी चक्रलाई लक्षित गरेर पछिल्लो समय सशस्त्र प्रहरीले निगरानी कडा पारेको छ।

यसअघिका घटनाहरूलाई जोडेर हेर्दा, सीमामा इलेक्ट्रोनिक सामान तस्करीमा संलग्न समूह फेरि सक्रिय हुन खोजेको संकेत देखिएको सुरक्षा अधिकारीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार