समर्थन नपाएपछि मुख्यमन्त्री सोनलको राजीनामा, मधेसमा पुनः राजनीतिक अनिश्चितता

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले शनिबार प्रदेशसभामा विश्वासको मतको प्रक्रिया बीचमै राजीनामा दिएका छन् । सोनलले विश्वासको मतका लागि भएको प्रदेशसभा बैठकमा आवश्यक समर्थन नपाइने संकेत पाएपछि बैठकबाट बाहिरिँदै सभामुख रामचन्द्र मण्डललाई राजीनामा बुझाएका हुन्।

बैठक करिब १० मिनेटका लागि स्थगित गरिएको थियो। तर डेढ घण्टा बित्दा पनि पुनः सुरु नभएपछि सोनलले औपचारिक रूपमा राजीनामा दिएका हुन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सोनल असोज २९ गते संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। उनले ६ दलको समर्थनमा ५७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित सरकार गठन गरेका थिए।

उनको राजीनामासँगै मधेस प्रदेशमा फेरि राजनीतिक अनिश्चितता सुरु भएको छ। अब नयाँ सरकार गठनको प्रक्रिया संविधानको धारा १६८(३) अनुसार अघि बढ्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार