मधेश प्रदेशकै मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन्। उनलाई गत असोज २९ मा ६ दलको समर्थनमार्फत मुख्यमन्त्री नियुक्त गरिएको थियो।
उनले विश्वासको मतका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाएका छन्। प्रदेशसभामा उक्त मतदानका लागि सरकारलाई समर्थन जनाउन कम्तीमा ५४ सांसदको मत आवश्यक रहेको छ।

हाल प्रदेशसभामा सत्ता गठबन्धनमा रहेका दलहरूको मनस्थिती अनिश्चित देखिएको छ। जनमत पार्टी, माओवादी केन्द्र र एकीकृत समाजवादीमा आन्तरिक मतभेद कायम रहेकाले सोनलले विश्वासको मत लिन पाउने वा नपाउने कुरा अहिलेसम्म सुनिश्चित भएको छैन।
तपाईको प्रतिक्रिया



