अब स्थानीय तहबाटै प्यान कार्ड सेवा

काठमाडौं । स्थायी लेखा नम्बर (प्यान) कार्ड अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ।

आन्तरिक राजस्व विभागले जारी गरेको विज्ञप्तिअनुसार करदाता सेवा कार्यालयहरू खारेज गरिएपछि अब प्यान कार्ड लगायतका करसम्बन्धी सेवा सम्बन्धित स्थानीय तहमार्फत उपलब्ध गराइनेछ।

विभागले जनाएको छ कि स्थानीय तहबाट सेवा सुरु हुन केही समय लाग्न सक्छ। त्यसबीचमा करदाताले सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सेवा प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, कर भुक्तानी, कर चुक्ता प्रमाणपत्रलगायतका सेवा भने विभागको अनलाइन प्रणालीमार्फत नै उपलब्ध हुने व्यवस्था गरिएको छ।विभागका अनुसार करदातालाई नजिक र प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले यो नीति लागू गरिएको हो।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार