छठ पर्वको तयारीमा मिर्जापुरमा प्रहरी तथा स्थानीयको संयुक्त सरसफाइ अभियान

पर्सा । छिपहरमाईगाउँपालिका– १  मिर्जापुरमा आज हिन्दु धर्मालम्बीहरूको महान् पर्व छठ पूजाको तयारी अन्तर्गत घाट सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रम प्रहरी चौकी मिर्जापुरको आयोजनामा तथा स्थानीय बासिन्दा र युवाहरूको सक्रिय सहयोगमा सम्पन्न भएको हो ।

घाट सरसफाईको नेतृत्व प्रहरी सहायक निरीक्षक बिनोद प्रसाद साहले गरेका थिए । उनका अनुसार सरसफाइको उद्देश्य श्रद्धालुहरूलाई स्वच्छ र सुरक्षित वातावरणमा पूजा गर्न सहज बनाउनु रहेको हो । स्थानीय युवाहरूले बिहानैदेखि घाट वरिपरिका फोहर, झारपात र प्लास्टिकजन्य पदार्थ हटाएका थिए । त्यसैगरी, घाटमा पानीको सतह र बाटोको अवस्थासमेत निरीक्षण गरिएको थियो ।

प्रहरी सहायक निरीक्षक साहले भने “छठ केवल धार्मिक पर्व मात्र होइन, यो सामाजिक एकता र अनुशासनको पनि प्रतीक हो । सबैले मिलेर घाट सफा राख्नु हामी सबैको जिम्मेवारी हो।”

यसैबीच गाउँपालिकाले पनि सुरक्षा र प्रकाश व्यवस्थापनका लागि आवश्यक तयारी थालिसकेको जनाएको छ ।
छठ पर्वका अवसरमा हरेक वर्षजस्तै यस वर्ष पनि मिर्जापुरमा ठूलो संख्यामा श्रद्धालुहरूको उपस्थितिको अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार