बीरगञ्जमा डेंगु र हैजा नियन्त्रणका लागि झुल र जीवनजल वितरण

बीरगञ्ज, १७ भदौ।  डेंगु र हैजाको बढ्दो संक्रमण रोकथामका लागि बीरगञ्जमा सामाजिक संस्थाले विशेष अभियान चलाएको छ। लायन्स क्लब अफ बीरगञ्ज आदर्शनगरको पहलमा मंगलबार ३०० थान मच्छरदानी (झुल) र ६०० थान जीवनजल स्थानीय बासिन्दालाई वितरण गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि पर्साका एसपी गौतम मिश्रले सामुदायिक सहभागिता नै रोग नियन्त्रणको प्रभावकारी उपाय भएको बताउँदै यस्ता पहलले महामारी नियन्त्रणमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

लायन्स क्लबका अध्यक्ष सुरेश रुङ्गटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सामाजिक संघसंस्था, प्रहरी, जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको उल्लेख्य उपस्थिति रहेको थियो।

वक्ताहरूले व्यक्तिगत सरसफाइ, सफा खानेपानी र मच्छर नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिए।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार