भारु प्रयोगमा कडाइ : विदेशबाट ल्याउन–लैजान प्रतिबन्ध, सयको नोट मात्रै चलनयोग्य

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारु) सम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गर्दै भारतबाहेक अन्य मुलुकबाट भारु ल्याउन वा लैजान पूर्ण रूपमा रोक लगाएको छ । केन्द्रीय बैंकले सर्वसाधारणलाई भारतीय सयका नोट मात्र प्रयोग गर्न सुझाउँदै अरू सबै दरका नोटमा प्रतिबन्ध लगाएको छ ।

बैंकका अनुसार विदेशी विनिमय ऐन, २०१९, सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र २३ पुस २०७५ मा प्रकाशित राजपत्रीय सूचनाका आधारमा यो व्यवस्था लागू गरिएको हो ।

यस व्यवस्थाअनुसार भारु २००, ५०० र २,००० दरका नोट राख्न, कारोबार गर्न वा ओसारपसार गर्न पाइने छैन । साथै, २०१६ नोभेम्बर ९ अघि चलनमा रहेका ५०० र १,००० का नोट पहिले नै निषेधित छन् ।

नेपाल भित्र्याउन वा बाहिर लैजान अमेरिकी डलर ५,००० बराबरको विदेशी मुद्रा मात्र भन्सार घोषणाविना अनुमति हुनेछ । सो भन्दा बढी भएमा घोषणा गरेर मात्र लैजान वा ल्याउन सकिने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले भारतबाहेक अन्य मुलुकबाट भारु ल्याउने वा लैजाने कार्य गैरकानुनी हुने भन्दै सर्वसाधारणलाई सचेत रहन र नियमको पालना गर्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार