समाजवादी प्रेस संगठनको चौथो स्थापना दिवसमा वीरगंजमा प्रभातफेरी र कोणसभा सम्पन्न

वीरगंज, १० भदौ । समाजवादी प्रेस संगठन नेपाल पर्साले आफ्नो चौथो स्थापना दिवसको अवसरमा आज बिहान वीरगंजमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ।

वीरगंजको घण्टाघरबाट सुरु भएको प्रभातफेरी माईस्थान, महावीरस्थान, आदर्शनगर, घडिअर्वा हुँदै नगर परिक्रमा गरेर पुनः घण्टाघरमै पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा संगठनका पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षता तथा नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले पत्रकारिता र प्रेस स्वतन्त्रताको पक्षमा पार्टी सदैव उभिएको उल्लेख गर्दै मिडियामाथि प्रहार गर्ने विद्यमान कानुन तथा विद्येयकलाई सच्याउनुपर्नेमा जोड दिनुभयो। त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारीले पछिल्लो समय पत्रकारमाथि असुरक्षा बढेको बताउँदै सरकारले ल्याउन लागेको प्रेसविरोधी विद्येयकलाई अस्वीकार गर्ने अडान दोहोर्‍याउनुभयो।

वक्ताहरुले मिडियालाई दर्ता र नवीकरण प्रशासन मातहतमा राख्ने प्रस्तावप्रति असहमति जनाउँदै पत्रकारहरुलाई विभिन्न प्रक्रियामा अनावश्यक दबाबमा पारिएको भन्दै आपत्ति जनाए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समिति संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव बृजलाल पासवान, प्रदेश अध्यक्ष मनोज पटेल, पत्रकार महासंघ पर्साका कोषाध्यक्ष सञ्जिव मिश्र, रेडियो वीरगंज, मधेश दृष्टि र टिभी वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह, प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादव, श्रमजिवी पत्रकार संघ पर्साका अध्यक्ष आरके पटेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार