हैजा फैलिने जोखिम : वीरगञ्जका विद्यालय दुई दिनका लागि बन्द

वीरगञ्ज, भदौ ७ – हैजाको संक्रमण तीव्र रूपमा बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले भाद्र ८ र ९ गते (आइतबार र सोमबार) महानगरभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

शैक्षिक प्रशासन महाशाखाले जारी गरेको विज्ञप्तिमा दूषित पानी र खानाबाट फैलिने हैजा बालबालिकामा छिटो सरसक्ने भएकाले विद्यार्थी र शिक्षकको सुरक्षालाई ध्यानमा राख्दै विद्यालय बन्द गरिएको उल्लेख छ।

महानगरपालिकाले नगरवासीलाई हैजाबाट जोगिन पानी उमालेर मात्र पिउन, सरसफाइमा ध्यान दिन, शौचालय प्रयोगपछि साबुनपानीले हात धुन र काँचो तरकारी राम्ररी धोएर मात्र खान विशेष आग्रह गरेको छ।

यसअघि महानगरले संक्रमित क्षेत्रका बासिन्दालाई सचेत गराउँदै हैजा नियन्त्रणका लागि सामूहिक सतर्कता र सहकार्य आवश्यक रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार