रवि लामिछानेको स्वास्थ्य परीक्षण, भिटामिन डीको कमी भेटियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्य परीक्षणमा भिटामिन डीको कमी देखिएको छ।

सोमबार नख्खु कारागारमै स्वास्थ्य परीक्षण गरिएका लामिछानेको रगत परीक्षणपछि डाक्टरले यस्तो निष्कर्ष निकालेका हुन्। रास्वपाका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार, ट्रमा चिकित्सकको टोली कारागार पुगेको थियो र आवश्यक नमूना परीक्षणका लागि पठाइएको थियो।

‘सभापतिज्यूको शरीरमा भिटामिन डीको मात्रामा कमी देखिएको डा. जितेन्द्रप्रसाद यादवले जानकारी दिनुभएको छ,’ प्रवक्ता झाले भने। उनका अनुसार लामो समयसम्म कारागारमा थुनिँदा बाहिरी घाम–हावासँग सम्पर्क नपाउँदा यस्तो समस्या आएको हुनसक्ने चिकित्सक यादवको राय छ।

लामिछानेलाई १२६ दिनसम्म रूपन्देही कारागारमा थुनिएको थियो। चिकित्सकहरूले अब केही विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार