नेकपा एमाले पकहामैनपुर गाउँपालिका कमिटीको दोस्रो बैठक सम्पन्न

पर्सा । नेकपा एमाले पकहामैनपुर गाउँपालिका कमिटीको दोस्रो बैठक आईतबार धोरेमा सम्पन्न भएको छ। बैठक पालिका अध्यक्ष अकलेश साहको अध्यक्षता तथा ओबीसीका केन्द्रीय अध्यक्ष तेजप्रकाश निषादको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

बैठकले भाद्र महिनाभित्र पालिका स्तरीय भेला आयोजना गर्ने, वडा कमिटीहरूको बैठक गर्ने र टोल–टोलमा संगठन विस्तार तथा नयाँ कमिटी गठन गर्ने निर्णय गरेको अध्यक्ष साहले जानकारी दिए। साथै, रिक्त पदमा मनोनयन गर्ने निर्णय पनि भएको उनले बताए।

बैठकमा पालिका सचिव राजेश सहनी, जिल्ला कमिटी सदस्य उमरावती देवी, सुरेन्द्र सहनी, जिल्ला सल्लाहकार जौवलक ईमाम, वडा कमिटी अध्यक्ष रामसेवक पाण्डे, रामबाबु चौरसिया लगायतको उपस्थिति थियो।

सहभागीहरूले संगठन विस्तार, जनस्तरमा पार्टीको पहुँच मजबुत बनाउनुपर्ने, स्थानीय समस्याको समाधानमा सक्रिय भूमिका खेल्ने र कार्यकर्ताको क्षमता अभिवृद्धि गर्ने विषयमा विस्तृत छलफल गरेका थिए।

बैठकमा प्रस्तुत प्रतिवेदनमार्फत गाउँपालिकाभर पार्टी गतिविधि सशक्त बनाउन आवश्यक कदमहरू, युवा तथा महिलाको सहभागिता बढाउने, र आगामी दिनमा सञ्चालन गरिने विभिन्न कार्यक्रमबारे विस्तृत योजना सार्वजनिक गरिएको थियो।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार