वीरगञ्जमा ठगी धन्दा चलाउने बिचौलियामाथि प्रहरीको एक्सन, एक जना पक्राउ।

वीरगञ्ज, असोज २९ गते। वीरगञ्ज भन्सार कार्यालयबाट लिलाम बिक्री हुने सवारीसाधन तथा घरायसी प्रयोजनका सरसामान कम मूल्यमा उपलब्ध गराइदिने प्रलोभन देखाएर ठगी गर्ने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भन्सार कार्यालयबाट लिलाम हुने सवारीसाधन तथा अन्य सामान सस्तो मूल्यमा मिलाइदिने भन्दै विभिन्न व्यक्तिलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा सर्लाही घर भई हाल काठमाडौंमा बस्दै आएका २७ वर्षीय प्रविण साहलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका साहले भन्सार कार्यालयको सेटिङमा आफूले सामान उपलब्ध गराइदिने भन्दै विश्वासमा पारी विभिन्न व्यक्तिलाई रकम जम्मा गर्न लगाउने र त्यसपछि सम्पर्कविहीन भई ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले असोज २२ गते वीरगञ्ज महानगरपालिका–८, घण्टाघरस्थित क्षेत्रबाट उनलाई पक्राउ गरेको हो। पक्राउ परेका साहमाथि कानुनबमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, प्रहरीले यस्ता ठगीका घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न निगरानी तथा प्रमाण संकलनको काम भइरहेको जनाएको छ। भन्सारबाट सामान सस्तो मूल्यमा उपलब्ध गराइदिने प्रलोभनमा नपर्न र अपरिचित व्यक्तिलाई रकम नदिन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

साथै, यस्ता गतिविधिबारे कुनै सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन जिल्ला प्रहरी कार्यालय पर्साले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार