दर्ता नभएका सामाजिक सञ्जाल नियन्त्रण गरिने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कानूनअनुसार दर्ता नभएका सामाजिक सञ्जाललाई सरकारले नियन्त्रण गर्ने स्पष्ट गरेका छन्।

मंगलबार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको १९औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतिपय सामाजिक सञ्जालले ‘हामी दर्ता हुँदैनौँ, कानून मान्दैनौँ’ भन्दै अराजक अभ्यास गरिरहेको उल्लेख गरे। उनले भने, “नियम नमान्ने, दर्ता नभएका, कर नतिर्ने, जनतालाई ठग्ने र समाजलाई कुबाटोतिर धकेल्ने सामाजिक सञ्जाललाई नियन्त्रण गर्न सरकारले पछि हट्दैन।”

प्रधानमन्त्री ओलीले यस्ता प्लेटफर्मले लोकतन्त्र र समाजलाई कमजोर बनाउन खोज्ने प्रयासलाई सफल हुन नदिने चेतावनी दिए। उनले दर्ता भएर जिम्मेवार बन्नुपर्ने र कानूनको दायराभित्र आउनुपर्नेमा जोड दिँदै त्यसमा कसैले विरोध नगर्न आग्रह गरे।

उनले लोकतन्त्र पूर्ण रूपमा कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्दै पारदर्शी र उत्तरदायी शासन प्रणालीलाई सबल बनाउन सूचना र सञ्चारको सकारात्मक प्रयोग आवश्यक रहेको बताए।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार