क्रियाशील युवा पत्रकार मञ्च नेपालको नयाँ सदस्यलाई प्रमाणपत्रसहित सम्मान कार्यक्रम सम्पन्न

वीरगंज, ११ अशोज । क्रियशिल युवा पत्रकार मञ्च नेपालको नयाँ सदस्यहरूलाई प्रमाणपत्र प्रदान तथा सम्मान कार्यक्रम आइतवार वीरगंज स्थित क्लासिक बैंक्वेटको सभा कक्षमा सम्पन्न भएको छ ।

मञ्चका केन्द्रीय अध्यक्ष आनन्द पटेलको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य अतिथी नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा आयोगका संयोजक, केशी लामिछानेले बर्तमान सत्ता प्रेसलाई कमजोर बनाउन लागिपरेको बताउनु भयो ।

मञ्चका सचिव राकेश साहले सहजीकरण गर्नुभएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष स्याम बन्जारा, महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल,

रेडियो वीरगंजका समाचार प्रमुख प्रताप श्रेष्ठ, सञ्चारकर्मी निरज पिठाकोटे, सामाजिक अभिन्यताहरु प्रकाश उपध्याय, कमल चौगाइ, मनोज पटेल, पप्पु सुमन, विजय महतो, प्रणय साह लगायतले मन्तव्य प्रकट गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार