ज्यानसम्बन्धी कसुरमा एमाले नेता जालिम मियाँका छोरा नासिर अहमद पक्रा’उ !

पर्सा प्रहरीले नेकपा एमालेका नेता तथा जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका ४६ वर्षीय जेठा छोरा नासिर अहमदलाई पक्रा’उ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार नासिरलाई ज्यानसम्बन्धी कसुर तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा अनुसन्धानका लागि शुक्रबार साँझ वीरगञ्ज महानगरपालिका–१३, मुर्लीबाट पक्रा’उ गरिएको हो।

प्रहरीका अनुसार नासिरमाथि नातामा साली पर्ने एक महिलाको ह-त्या गरेको आरोप छ। २०७८ सालमा ती महिलाको श’व श्मशान घाटमा दफन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसयता अनुसन्धानमा रहेको उक्त घटनामा करिब पाँच वर्षपछि नासिर पक्’राउ परेका हुन्।

घटनाको समयमा राजनीतिक तथा व्यक्तिगत पहुँचका कारण मुद्दाको अनुसन्धान प्रभावकारी रूपमा अगाडि नबढाइएको आरोपसमेत लागेको थियो। प्रहरीले अहिले पुनः अनुसन्धान तीव्र बनाएपछि घटनामा संलग्न भएको आरोप लागेका अन्य केही व्यक्ति फरार रहेको बताइएको छ।

आरोपबारे अनुसन्धान जारी रहेकाले कसुरको अन्तिम पुष्टि भने न्यायिक प्रक्रियाबाट हुनेछ। See less

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार