वीरगन्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले आफूमाथि लागेको क्यासिनो प्रकरणपछि आत्मालोचना गर्दै जनतासँग क्षमा मागेका छन्।
सोमबार साँझ धरौटीमा रिहा भएका अध्यक्ष यादवले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूबाट भएका कमी–कमजोरी तथा त्रुटिका कारण कसैको मन दुखेको भए हृदयदेखि नै क्षमा चाहेको बताएका हुन्।

यादवले विगतमा भएका गल्तीबाट पाठ सिक्दै आगामी दिनमा आफ्ना कमजोरी सुधारेर अझ जिम्मेवार ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले जनताको विश्वास, भावना र अपेक्षाप्रति आफू सधैँ सम्मानित र जवाफदेही रहने उल्लेख गर्दै देश, समाज तथा सखुवाप्रसौनीका जनताको हितमा निरन्तर समर्पित रहने बताएका छन्।
तपाईको प्रतिक्रिया


