धार्मिक आस्था र समाजसेवामा सक्रिय पन्नालाल साह, बहुदरमाईको नेतृत्वका लागि चर्चामा

०८३/०४/१९ गते | पर्सा नेपाल

बहुदरमाई नगरपालिकामा धार्मिक, सामाजिक तथा मानवीय सेवामा निरन्तर सक्रिय रहँदै आएका पन्नालाल साह पछिल्लो समय स्थानीय जनतामाझ अझ बढी चर्चामा छन्। बहुदरमाई युवा क्लबद्वारा मन्दिर परिसरमा आयोजित हनुमान आराधना कार्यक्रममा उनको सक्रिय उपस्थितिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी भएपछि क्लबका पदाधिकारी, सदस्य तथा स्थानीयवासीले पन्नालाल साहप्रति आभार व्यक्त गर्दै धार्मिक र सामाजिक अभियानमा उनको निरन्तर सहयोगको प्रशंसा गरेका थिए।

साहलाई स्थानीय समुदायले केवल राजनीतिक व्यक्तित्वका रूपमा मात्र नभई समाजसेवीका रूपमा पनि चिन्ने गरेका छन्। गरिब तथा विपन्न परिवारका छोरी–चेलीको विवाह, व्रतबन्ध, धार्मिक अनुष्ठान तथा अन्य सामाजिक कार्यमा आवश्यक सहयोग गर्दै आएका कारण उनी धेरैको विश्वास जित्न सफल भएको स्थानीयको भनाइ छ।

यसै क्रममा आगामी २०८४ सालको स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा बहुदरमाई नगरपालिकाको नगर प्रमुख पदका सम्भावित उम्मेदवारका रूपमा पन्नालाल साहको नाम चर्चामा रहेको छ। राजनीतिक गतिविधिसँगै धार्मिक तथा सामाजिक कार्यक्रममा उनको निरन्तर सक्रियताले स्थानीय स्तरमा उनको उपस्थितिलाई थप मजबुत बनाएको देखिन्छ।

स्थानीयवासीका अनुसार सबै वर्ग र समुदायसँग समान व्यवहार गर्दै सहकार्यको भावना बोकेका पन्नालाल साह धार्मिक आस्था, सामाजिक उत्तरदायित्व र जनसेवालाई आफ्नो प्राथमिकतामा राख्दै अघि बढिरहेका साझा व्यक्तित्वका रूपमा परिचित छन्।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार