वीरगन्ज ,१६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधि सभा सदस्य रहबर अन्सारीले संसदमा दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको छ। नेकपा एमाले बारा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष प्रशान्त यादवले “हर हर महादेव”
भन्ने हिन्दू धर्मावलम्बीहरूको पवित्र धार्मिक उद्घोषलाई लागुऔषध वा भाङ सेवनसँग जोडेर प्रस्तुत गरिएको भन्दै यसले धार्मिक आस्था र करोडौँ हिन्दू श्रद्धालुको भावनामा चोट पुगेको बताएका छन् । उनले लागुऔषध दुव्र्यसन गम्भीर सामाजिक समस्या भएकाले यसको नियन्त्रणका लागि तथ्य, प्रमाण र जिम्मेवार अभिव्यक्तिको आवश्यकता पर्ने उल्लेख गर्दै कुनै धर्म वा धार्मिक नारालाई त्यससँग जोडेर टिप्पणी गर्नु उचित नहुने धारणा व्यक्त गरेका छन ।

सांसद अन्सारी गत साउन १४ गतेको प्रतिनिधि सभा बैठकमा धर्मलाई जोडेर विवादित अभिव्यक्ति दिएकोमा अहिले उनको विरोध पनि भईरहेकोे अवस्था छ । अन्सारीको अभिव्यक्तिले अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको पनि आधिकारिक प्रतिक्रिया सार्वजनिक नभएको अवस्था छ ।



