पर्सा प्रहरीका प्रवक्ता डीएसपी बस्नेत मानव बेचबिखन अनुसन्धान ब्युरोमा काज सरुवा भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतको काज सरुवा भएको छ । उनी जिल्ला प्रहरी कार्यालय पर्साबाट काज सरुवा भई मानव बेचबिखन अनुसन्धान ब्युरो, काठमाडौंमा जाने भएका छन् ।

साेमबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित एक कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकलगायत प्रहरी अधिकृतहरूले डीएसपी बस्नेतलाई मायाको चिनो प्रदान गर्दै सम्मानसहित बिदाइ गरेका हुन् ।

कार्यक्रममा प्रहरी अधिकृतहरूले पर्सामा कार्यरत रहँदा डीएसपी बस्नेतले निर्वाह गरेको जिम्मेवारी, व्यावसायिक दक्षता तथा संगठनप्रतिको योगदानको प्रशंसा गर्दै नयाँ कार्यस्थलमा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

साे अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, इलाका प्रहरी कार्यालय पाेखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदिप पाैडेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार