वीरगंजको कृषि औजार कारखानामा उत्पादन गरिएका कृषि उपकरणहरू देशभित्रै बिक्री हुन थालेपछि कारखाना पुनः सञ्चालनमा आएको प्रभाव देखिन थालेको छ। चालु आर्थिक वर्षको ९ महिनामा कारखानाले १७ लाख रुपैयाँ बराबरका औजार बिक्री गरिसकेको जनाएको छ।
कारखानाले किसानले सहजै किन्न सक्ने मूल्यमा कृषि उपकरण उत्पादन गर्ने लक्ष्य राखेको छ। हाल विभिन्न बाली रोप्ने, गोड्ने, काट्ने मेसिन, हाते ट्याक्टरको ट्रली तथा अन्य हाते औजार उत्पादन भइरहेको छ।

राष्ट्रिय अविष्कार केन्द्रको पहलमा पुनः सञ्चालनमा आएको कारखाना अवलोकन गर्न पछिल्लो समय विभिन्न जिल्लाबाट सर्वसाधारणसमेत आउने गरेका छन्। कारखानाले वर्षअन्त्यसम्म ५० लाख रुपैयाँ बराबरका औजार बिक्री गर्ने लक्ष्य राखेको जनाएको छ।
तपाईको प्रतिक्रिया



