पेशावरमा खानेपानी संकट गहिरिँदै, ८४ प्रतिशत पानी दूषित

पाकिस्तानको पेशावरमा ८४ प्रतिशत पानी दूषित रहेको एक अनुसन्धानले देखाएको छ। दूषित पानीको निरन्तर आपूर्तिले त्यहाँ पानी तथा सरसफाइको गम्भीर संकट निम्त्याउन सक्ने विज्ञहरूले चेतावनी दिएका छन्।

युनिसेफको तथ्याङ्कअनुसार पेशावरमा सुरक्षित खानेपानीका स्रोत २० प्रतिशतभन्दा कम मात्र रहेका छन्। असुरक्षित पिउने पानी, खुला दिसापिसाब र कमजोर सरसफाइका कारण झाडापखाला, पोलियो लगायतका पानीजन्य रोगको जोखिम बढिरहेको युनिसेफको सर्वेक्षणलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ।

सर्वेक्षणले पेशावरका झन्डै चार लाख नागरिक अझै पनि आधारभूत शौचालय सुविधाबाट वञ्चित रहेको देखाएको छ। २४ लाखभन्दा बढी जनसङ्ख्या भएको पेशावरमा जनसंख्या वृद्धिसँगै खानेपानी र सरसफाइ पूर्वाधारमाथि थप दबाब परेको प्रतिवेदनमा उल्लेख छ।

युनिसेफले खुला दिसापिसाब र अपर्याप्त सरसफाइ अभ्यासले पोलियो तथा अन्य पानीजन्य रोग फैलिन प्रमुख भूमिका खेलिरहेको भन्दै तत्काल सुधार आवश्यक रहेको औँल्याएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार