रुसले एक दशकभित्र चन्द्रमामा आणविक ऊर्जा प्लान्ट बनाउने योजना अघि सारेको छ। राज्य अन्तरिक्ष निगम ‘रोस्कोसमोस’ले सन् २०३६ सम्ममा परियोजना पूरा गर्ने लक्ष्य राखेको र ‘लाभोचकिन एसोसिएशन एयरोस्पेस’ कम्पनीसँग सम्झौता गरेको जनाएको छ ।
प्लान्टले रुसको चन्द्रमामा अन्वेषण कार्यक्रम, रोभर, वेधशाला र संयुक्त रुसी–चिनियाँ अनुसन्धान स्टेशनमा ऊर्जा आपूर्ति गर्नेछ। योजना अनुसार चन्द्रमा केन्द्रित प्लान्टमा रुसको आणविक निगम ‘रोसाटोम’ र कुर्चाटोभ इन्स्टिच्युट पनि संलग्न हुनेछन् ।

सन् २०२३ को ‘लुना–२५’ मिशनको असफलता पछि रुसले चन्द्रमा अनुसन्धानमा नयाँ ऊर्जा संयन्त्रको आवश्यकता महसुस गरेको बताइएको छ ।
तपाईको प्रतिक्रिया



