लुम्बिनी लायन्स एनपीएल च्याम्पियन, सुदूरपश्चिम ६ विकेटले पराजित

लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि हात पारेको हो।

टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम १९ ओभर १ बलमा ८५ रनमै अलआउट भयो। ईशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिकसहित प्रभावशाली बलिङ गरे भने शेर मल्ल र रुबेन ट्रम्पेलमानले ३–३ विकेट लिए।

८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर पूरा गर्‍यो। दिनेश अधिकारीले ४२ रनको निर्णायक योगदान दिए।

उपाधिसँगै लुम्बिनीले १ करोड १० लाख रुपैयाँ पुरस्कार जितेको छ। उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँ प्राप्त गरेको छ। क्यानको आयोजनामा मङ्सिर १ देखि भएको प्रतियोगितामा आठ टोली सहभागी थिए।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार