राजाबादी आन्दोलनमा ज्यान गुमाएका पत्रकार रजककी श्रीमतीलाई सरकारी रोजगारी

सरकारले गत चैत १५ गते राजाबादी आन्दोलनका क्रममा ड्युटीमै रहेर ज्यान गुमाएका पत्रकार सुरेश रजकका परिवारलाई रोजगारी उपलब्ध गराएको छ।

मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममार्फत सञ्चार तथा सूचना प्रविधीमन्त्री जगदीश खरेलको उपस्थितिमा रजककी श्रीमती सुजन मगियालाई सुरक्षा मुद्रण केन्द्रमा कम्प्युटर अपरेटर पदमा नियुक्ति पत्र हस्तान्तरण गरिएको हो।

कार्यक्रममा मन्त्री खरेलले दिवङ्गत रजकलाई पत्रकार सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।

उनले सरकारबाट तत्काल राहतस्वरूप रोजगारी उपलब्ध गराइएको उल्लेख गर्दै, सुजन मगियाले चाहे विश्वविद्यालयमा अध्ययनका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

गत चैत १५ गते राजाबादी आन्दोलनको समाचार संकलन गर्ने क्रममा सुरेश रजकको आगलागीका कारण मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार