विश्वकप छनोटको तयारीका लागि नेपाली महिला क्रिकेट टोली भारतमा

विश्वकप क्रिकेट छनोट प्रतियोगिताको तयारीका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ । उत्तराखण्ड क्रिकेट एशोसिएसनको आयोजनामा हुने मैत्रीपूर्ण खेल श्रृङ्खलामा सहभागी हुन टोली हिजो भारतको देहरादुन प्रस्थान गरेको हो ।

नेपालले देहरादुनमा भारतका राजस्थान, पश्चिम बङ्गाल र उत्तराखण्डसँग ६ मैत्रीपूर्ण खेल खेल्ने तालिका तय गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

तालिका अनुसार नेपालले पहिलो खेल भोलि राजस्थानसँग खेल्नेछ । त्यसपछि कात्तिक २८ गते उत्तराखण्डसँग, कात्तिक २९ गते पश्चिम बङ्गालसँग, मङ्सिर १ गते पुनः राजस्थानसँग, मङ्सिर २ गते उत्तराखण्डसँग र अन्तिम खेल मङ्सिर ३ गते पश्चिम बङ्गालसँग खेलिनेछ ।

आगामी विश्वकप छनोटका लागि तयारीमा रहेको टोलीमा कप्तान इन्दु बर्मासहित कविता कुँवर, साना परविन, रुबिना क्षेत्री, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, अश्मिना कर्माचार्य, सवनम राई, विन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सीमाना केसी र ममता चौधरी समावेश छन् ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार