मधेस प्रदेशको बजेट खर्च पहिलो त्रैमासिकमा ३.५ प्रतिशत मात्र

मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा कुल बजेटको केवल ३.५ प्रतिशत मात्र खर्च गर्न सकेको छ । जेन–जी आन्दोलन, प्रदेश सरकार परिवर्तन र मन्त्रालयहरूको खाता सञ्चालनमा ढिलाइ हुनु बजेट खर्च कम हुनुको प्रमुख कारण भएको छ ।

प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरका अनुसार, मधेस प्रदेश सरकारले पहिलो त्रैमासिकमा १ अर्ब ६२ करोड २८ लाख रुपैयाँ मात्र खर्च गरेको छ । यसमध्ये चालु तर्फ १ अर्ब २८ करोड ४२ लाख र पूँजीगत खर्च ३३ करोड ८५ लाख रुपैयाँ पुगेको प्रदेश लेखा नियन्त्रक मनोज कुमार झाले जानकारी दिए ।

पहिलो त्रैमासिकमा चालुतर्फको बजेट ७.६८ प्रतिशत, जबकि पूँजीगत बजेट १.१८ प्रतिशत मात्र खर्च भएको छ । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार