मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा जम्मा ३ दशमलव ५ प्रतिशत मात्र बजेट खर्च गरेको छ।
प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरका अनुसार प्रदेश सरकारले पहिलो त्रैमासिकमा १ अर्ब ६२ करोड २८ लाख रुपैयाँ खर्च गरेको हो। त्यसमध्ये १ अर्ब २८ करोड ४२ लाख चालु खर्च र ३३ करोड ८५ लाख पूँजीगत खर्च रहेको छ।

जेन–जी आन्दोलन, सरकार परिवर्तन र मन्त्रालयको खाता सञ्चालनमा ढिलाइ हुँदा खर्च सीमित बनेको हो। आन्दोलनपछि जनमत पार्टी नेतृत्वको सरकार ढलेर लोसपाका जितेन्द्र सोनल मुख्यमन्त्री बनेका थिए।
तर, मुख्यमन्त्री सोनलले अहिलेसम्म दुई मन्त्रीलाई विभागीय जिम्मेवारी नदिएको र अन्य मन्त्री नथपिएकाले पनि बजेट खर्च प्रभावित भएको एक मन्त्रालयका सचिवले बताएका छन्।
मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४६ अर्ब ९८ करोड रुपैयाँको बजेट ल्याएको छ।
तपाईको प्रतिक्रिया



