आयोगका अध्यक्ष तबरेज अहमदले भूमिहीनको समस्या दीर्घकालीन समाधान आयोगको प्रमुख दायित्व भएको भन्दै नागरिकलाई कागजात प्रक्रिया, प्रमाणिकरणका मापदण्ड र राज्यप्रति जिम्मेवारीबारे स्पष्ट जानकारी दिन गाउँ–गाउँ पुगेर कार्यक्रम गर्दै आएको बताए।

अन्तरक्रिया कार्यक्रममा सहभागीलाई तीन पुस्तासम्म प्रमाणित हुने कागजात, वैदेशिक रोजगारीमा रहेका सेवाग्राहीका समस्या, अंशबण्डा र राजस्व बुझाउने प्रक्रिया सम्बन्धी विषयमा प्राविधिक जानकारी दिइएको थियो।
स्थानीय वडाध्यक्ष बासुदेव महत्तो थारुले यस्तो कार्यक्रमले भूमिहीन समुदायलाई आफ्नो अधिकार र कर्तव्यबारे थप सचेत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।
तपाईको प्रतिक्रिया



